शुक्रबार अमेरिकी डलरको भाउ घट्यो, यूराे बढ्यो

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्यको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ३४ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४८ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ३० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूची