नेपालमा एफडीआई भित्र्याउन सहजीकरण गरिदिन अध्यक्ष ढकालले राजदूतहरूलाई गरे आग्रह

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ चैत। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि एफडीआई भित्र्याउन सहजीकरण गरिदिन विभिन्न देशका राजदूतहरूलाई आग्रह गरेका छन् ।

अवैतनिक कन्सुलर कर्प्स नेपालद्वारा आयोजित लुम्बिनी कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा धेरै क्षेत्रहरूमा लगानीकाे अवसरहरू रहेकाेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का लागि राजदूतहरूको ध्यानाकर्षण गराएका थिए।

पर्यटन,जलविद्युत, ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्द्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन पहल गरिदिन अध्यक्ष ढकालले राजदूतहरूलाई आग्रह गरेकाे बताइएकाे छ ।