सुनमा १३ सयले गिरावट, चाँदीको पनि घट्यो

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १३ सयले गिरावट भएको जनाएको छ । चाँदीमा रुपैयाँ ५५ ले घटेको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ १३ सयदले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १३ सयले घटेर तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५५ ले घटेर तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ५५ रुपैयाँमा कारोबकार भएको थियो ।