अनौपचारिक क्षेत्रका श्रमिककाे लागि बित्तीय साक्षरता सम्पन्न

-



     सफल आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित



पोखरा, ९ चैत । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) जिल्ला समिति कास्कीको आयोजना अनौपचारिक क्षेत्रका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले कार्यक्रमको उद्घाटन गर्दै प्रशिक्षणले श्रमिकहरुको दैनिक जिवनमा केहि न केहि योगदान दिने बताउँदै दिन प्रतिदिन आर्थिक कारोबारमा सर्तकता हुन सिकाउने विश्वास व्यक्त गरिन् ।

प्रशिक्षक तथा अध्यक्ष याम बहादुर रानाभाटले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई लक्षित यस प्रकारका कार्यक्रम निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्दै बैकिङ क्षेत्रमा देखा परेका समस्याको बारेमा प्रशिक्षण् दिएका थिए । साथै उनले आजको युगमा ट्रेड युनियनले श्रमिकको क्षमता अभिवृद्धि, उद्यमशिलता विकास तथा सुरक्षित तरिकाले काम गर्न विभिन्न तालिम र सेमिनार आयेजना गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य कृष्णप्रसाद बास्तोलाले स्वागत मन्तब्व दिएका थिए । निर्माण श्रमिक संघका प्रतिनिधि राजेश बुढा मगरले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई बैकिङ कसुरसम्बन्धी कुरा नबुझेको कारण धेरै दु:ख पाएको बताए ।

त्यसैगरी ओम प्रकाश पोखरेलले बैङ्किङसम्बन्धी प्रशिक्षण् र रबिचन्द्र पौडेलले जाली नोट पहिचान बारेमा प्रशिक्षण् दिएका थिए ।प्राइम बैंक कर्मचारी संघका केन्द्रिय सदस्य किसन गिरीले कार्यक्रम संचालन गरेका थिए ।