एमाले कास्कीको ११औं अधिवेशन आज

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



पोखरा, १० चैत । नेकपा एमाले कास्कीको आज चैत १० गतेदेखि भाेलि चैत १२ गतेसम्म पोखरामा ११औं अधिवेशन हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएकाे छ । सकेसम्म सर्वसम्मत र नभए निर्वाचनमा जाने मूल आयाेजक कमिटिले जानकारी दिएकाे छ ।

अधिवेशनलाई सफल बनाउन जिल्ला अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटि गठन गरिएको छ । सो कमिटिमा जिल्ला समिटिका सबै सदस्यहरु, लेखा कमिटि, पालिका तथा ईलाका कमिटिका अध्यक्षहरु रहेका छन् ।

अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि संयोजक मन बहादुर गुरुङ र सदस्यहरु तेजनारायण अधिकारी, हीरा कुमारी गिरी, भेषराज वराल, ऋषिराम लामिछाने, श्रीराम पोखरेल, डिलु पौडेल र प्रमिला वराल रहेका छन् ।

संगठनात्मक प्रतिवेदन लेखनका लागि संयोजकमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, सदस्यहरुमा आरपी शर्मा, विजया सुवेदी, बलराम पौडेल, झपट रानाभाट, बालकृष्ण शर्मा, खेमराज सापकोटा, प्रकाश गुरुङ, खगराज आचार्य रहेका छन् ।

आर्थिक प्रतिवेदन लेखनमा संयोजकमा कोष तथा वित्त व्यवस्थापन प्रमुख चिरञ्जीवी पोखरेल र सदस्यहरुमा लेखा समितिका अध्यक्ष निर्मल खत्री, ज्ञान बहादुर कार्कि, सिबी सुवेदी, सूर्यबहादुर जिसि, बिलबहादुर भुजेल र निर्मला पौडेल अधिकारी रहेका छन् ।

स्वयंसेवक उपसमिति संयोजकमा तेजनारायण अधिकारी र सदस्यहरुमा कर्ण बहादुर गुरुङ, ओम सुवेदी, पान बहादुर वास्तोला, शिवप्रसाद अधिकारी, हरिबोल गौतम, प्रमिला बराल, खेमराज आचार्य, श्रीधर पौडेल, विष्णुकुमार गुरुङ, विक्रम रायमाझी, पूर्ण बहादुर गुरुङ, रेशमकुमार नेपाली, सीता विक, सोमनाथ पौडेल, कमला केसी, संगीता सुवेदी, झलक पोखरेल, दामोदर घिमिरे, बमबहादुर बिक र नविन गिरी रहेका छन् ।

प्रतिनिधि व्यवस्थापन संयोजकमा बैन बहादुर अधिकारी क्षेत्री र सदस्यहरुमा हीरा कुमारी गिरी, आरपी शर्मा, विजया सुवेदी, सुरेन्द्र गुरुङ, चिरञ्जीवी पोखरेल, विष्णु बहादुर केसी, सन्तुदेवी सुवेदी, बैनबहादुर गुरुङ, राधिका शाही योगी रदान बहादुर बानियाँ रहेका छन् ।

प्रचार प्रसार संयोजकमा दर्शन लामा, सदस्यहरुमा झपट रानाभाट, एकराज गिरी, दुर्गा भण्डारी, विवेक त्रिपाठी, संगीता सुवेदी, सुरेन्द्रमान सिंह भण्डारी, मेनुका श्रेष्ठ, श्रीराम पोखरेल, आर.एन शर्मा, लालसिंह विश्वकर्मा घताने, उषा बरुवाल, रामकृष्ण जिसी र जुम बहादुर परियार रहेका छन् ।

जनपरिचालन तथा अनुगमन  संयोजकमा नवराज ओझा र सदस्यहरुमा सुवर्ण श्रेष्ठ, दीपक घिमिरे, गणेश पाख्रिन, हरिबहादुर बराल, प्रकाश पौडेल, तीर्थराज अधिकारी, रणबहादुर थापा, केशवशरण पौडेल, मोहन सुवेदी, कमलबहादुर थापा, विष्णुमाया पौडेल, सन्तोष गुरूङ (उमरबहादुर), चुडामणि अधिकारी, कमला गुरूङ, सुशीला आचार्य, किसान सुनार, ईन्दिरा आचार्य, अमृता बाँस्तोला, पम्फा पहारी, शोभा पौडेल, दामोदर शर्मा रिमाल, दीननाथ सुवेदी, नारायणदत्त अधिकारी, सरीता कुमाल, लीलाबहादुर जिसी, प्रेम जलारी, रेशम नेपाली, पार्वती बाँस्तोला, मेनुका श्रेष्ठ, झलक बराल, रामु गुरूङ, तारा सेवा, तीलकुमारी थापा, शान्ति पाध्याय, आशा नेपाली रहेका छन् भने अतिथि सत्कार संयोजकमा हिराकुमारी गिरी र सदस्यहरुमा सन्तुदेवी सुवेदी, शोभा पहारी, गीतादेवी विश्वकर्मा, राधिका शाही  योगी रहेका छन् ।

अधिवेशनको मञ्च व्यवस्थापन संयोजकमा आरपी खनाल, सदस्यहरुमा ओमप्रसाद गौचन, सुवर्ण श्रेष्ठ, सन्तुदेवी सुवेदी, दीपक घिमिरे, दिननाथ सुवेदी, परशुराम बराल, गोपी तुलाचन, रमेश रानाभाट, कुलबहादुर रानाभाट, शारदाकुमारी पराजुली, नन्दलाल अधिकारी, झलक बराल, ईमानराज पौडेल, सुवास ढुंगाना, लक्ष्मीप्रसाद सुवेदी रहेका छन् .

खाना खाजा व्यवस्थापन संयोजकमा चिरञ्जीवी पोखरेल र सदस्यहरुमा  विष्णु केसी, दामु अधिकारी, परशुराम बराल, चुडामणि बराल, रणबहादुर थापा, बालाकृष्ण शर्मा, आशिर्वाद सुवेदी, नन्दलाल अधिकारी, हरि लम्साल, पसबहादुर बास्तोला, ईमानराज पौडेल, सुवास ढुंगाना रहेका छन् ।

सांस्कृतिक व्यवस्थापन संयोजकमा  सुरेन्द्र गुरूङ र सदस्यहरुमा केशवशरण पौडेल, राममाया विश्वकर्मा, अस्मिता परियार, यमबहादुर गुरूङ, किसन परियार रहेका छन् भने आवास व्यवस्थापन संयोजक कृष्णप्रसाद न्यौपाने र  सदस्यहरु  विष्णु केसी, उज्ज्वल खत्री तथा स्वास्थ्य व्यवस्थापन संयोजकमा छममाया पुन र सदस्यमा विष्णुप्रसाद भण्डारी, चिरञ्जीवी शर्मा, दिनेश खड्का, विनिता दाहाल  रहेका छन् ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन ईलाका कमिटि, शाखा कमिटि, सल्लाहकार कमिटि र आयोजक किमिटि गरी ९३५ जना प्रतिनिधिका सहभागिता हुने भएको छ ।
एमालेले प्रतिनिधि चयनमा महिला, जनजाती, दलित र अन्य समुदायको प्रतिनिधित्व र समावेसितालाई ध्यान दिईएको बताएको छ ।

यसैबीच एमालेका गतिविधिलाई प्रचार प्रसार गर्ने उदेश्यले अनलााइन पनि निर्माण गरिएको छ । कार्यक्रममा उक्त अनलाइन www.cpnumlkaski.org को कास्की इन्चार्ज तथा स्थायी कमिटि सदस्य थममाया थापाले सार्वजनिक गरिन् ।

अध्यक्ष गुरुङले अधिवेशनमा नयाँ नेतृत्वमा आउन चाहनेहरुबीच सकेसम्म सर्वसम्मतको प्रयास हुने बताए । कारणबस सहमति हुन सकेन भने लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचन हुने बताए ।

उनले कास्कीमा बाहिर हल्ला गरे जस्तो गुट नभएको र सहकारीको रकम अपचलनका बारेमा पार्टीका केहि मान्छे परेकोमा अदालतबाट जे ठहर हुन्छ सो अनुसार करबाही गरिने बताए । उनले अहिले एमालेमाथि घेराबन्दि गरिएको र अन्य पार्टी र उनीहरुका गलत कुराहरुलाई पत्रकारहरुले बाहिर ल्याउन नसकेको गुनासो गरे ।