बेसीशहरमा ग्लोबल आइएमई लघुवित्तकाे वित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



पाेखरा, १० चैत । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड बेसीशहर शाखा लमजुङले शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ। ग्लाेवल मनी वीकका अवसरमा संस्थामा आबद्ध सदस्य महिला दिदीबहीनीहरु, अभिभावक तथा कर्मचारीहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनाेद पराजुलीले परिवार तथा समाजमा सकरात्मक सोँचको विकाश गराउने उद्देश्यले सदस्य तथा अभिवाकहरुलाई कार्यक्रमबाट केही न केही नयाँ कुरा सिकी भविष्यको लागि आइपर्ने समस्याहरुलाई समाधान गर्न बचत तथा आय सिर्जना गरि सबैले वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेको बताए ।

स्थानिय समाजसेवी शर्मिला पाण्डेको सभापतित्व र प्रदेश प्रमुख विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रमको सञ्चालन अनुगमन प्रमुख प्रकाश लामिछानेले गरेका थिए ।

जिल्ला समन्वय समिति लमजुङको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सदस्य, अभिभावक तथा कर्मचारीहरु गरि ७० जनाको सहभागिता रहेको थियो ।