‘ग्लोवल मनी विक’मा सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय सचेतना कार्यक्रम

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० चैत। ग्लोवल मनी विक २०२४ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा बित्तिय सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।

“आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने नारालाई आत्मसाथ गरी बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्दि कार्यक्रम संचालन गरेको हाे ।

बैंककाे पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १ सय १२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाइएकाे छ ।