इन्फिनिटी लघुवित्तकाे समुह प्रमुख गोष्टी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



काठमाडाैं, १० चैत। इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले समुह प्रमुख गोष्टी तथा ग्लोवल मनी विक २०२४ काे अवसरमा पाेखरामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वित्तिय संस्थाका पोखरा अनुगमन अधिकृत अमृत लामिछानेले विश्वव्यापी मुद्रा सप्ताहका अवसरमा आफ्नो पैसाको रक्षा गरौ,आफ्नो भविस्यको सुरक्षा गरौ नाराका बारेमा बोलेका थिए । साथै वित्तिय साक्षरता साथै संस्थाको कार्यक्षेत्रबारे प्रकास पारेका थिए ।

वित्तिय संस्था तालचोकका शाखा प्रवन्धकले कर्जा तथा बचत र नतिर्दा हुने सम्भावित जोखिमको बारेमा प्रकाश पारेकाे बताइएकाे छ । पोखरा शाखा प्रमुख देवि ढकालले पोखरा शाखाको वित्तिय विवरण प्रकाश पारेकी थिइन। सो कार्यक्रममा ४० जना सदस्यको उपस्थिती रहेको थियो ।

इन्फिनिटी लघुवित्तका अनुगमन अधिकृत अमृत लामिछाने प्रमुख आथित्यता र विशिष्ट अतिथि इन्फिनिटी लघुवित्त वित्तिय संस्थाका तालचोक शाखा प्रमुख भुजलाल पौडेल साथै पोखरा शाखामा कार्यरत शाखा प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बार्षिक समुह मुल्याङ्कन अनुसार समुह नं १२६ कन्चनजंगा इन्फिनिटी महिला समुह प्रथम भएको र समुह १७९ रानिपौवा इन्फिनिटी महिला समुह दोश्रो भएको र समुह नं ५१ मेलमिलाप इन्फिनिटी महिला समुह तेस्रो भएको थियो ।

सोहि समुहलाई वित्तिय संस्थाले पुरस्कार पनि वितरण गरेको थियो ।उक्त कार्याक्रममा व्यवसायिक रुपमा उत्कृष्ट सदस्य सावित्रा पौडेललाइ सम्मान पत्र साथै पुरस्कार वितरण गरिएको थियो ।

सोहि कार्यक्रममा लघुवत्तबाट कर्जा लिई राम्रो व्यवसाय विस्तार गरेको र यस वित्तिय संस्थाले व्यवसाय बढाउन निकै सहयोग गरेको सबै जनाले जुन उदेश्यमा कर्जा लिएको सोहि उदेश्यमा लगानी गर्दा फलदायी हुने बताएका थिए ।

वित्तिय साक्षरता कार्यक्रममा संस्थाका पोखरा शाखाका कर्मचारी सविता श्रेष्ठले कार्यक्रम संचालन र विधा पौडेलले स्वागत मन्तव्य गरेकी थिइन भने कार्यकमको अध्यक्षता समुहका सदस्य सविता थापा पौडेल गरेकी थिइन ।