मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

-



     सफल आवाज    
     चैत्र ११ गते २०८० मा प्रकाशित



पोखरा, ११ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

आइतबार एक शुभकामना सन्देशमार्फत् उनले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्।

उनले भने, ‘खुशीका रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस्, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ फागुपूर्णिमा (होलीपर्व) मनाउने गरिन्छ ।

सबैले आपसी रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ, अबिर लगाएर फागु पूर्णिमा (होलीपर्व) मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ हरेक वर्ष याे पर्व धुमधामका साथ मनाउने गरिन्छ ।