आज सार्बजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्थामा काराेबार बन्द

-



     सफल आवाज    
     चैत्र ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ चैत । आज चैत ११ गते आइतबार फागु पूर्णिमा पर्वकाे अवसरमा सरकारले सार्बजनिक बिदा दिएकाे छ ।

सार्बजनिक बिदाकाे कारण आज सेयर बजारकाे काराेबार बन्द छ । सरकारले पहाडी तथा हिमाली जिल्लामा फागु पूर्णिमाको अवसरमा विदा दिएको हाे । बिदाकाे कारण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्थामा काराेबार बन्द भएकाे छ । 

सेयर बजार अब सोमबार पूर्वान्ह ११ बजे खुल्नेछ । तराइ बाहेक पहाडी जिल्लाहरूमा रहेकाे बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु भाेलि सोमबार खुल्ने भएका छन्।