सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित



काठमाडाैं, १२ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १३ गते मंगलबार बुकक्लोज गर्ने जनाएकाे छ ।

सेयरधनीहरुले कम्पनीकाे साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेकार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू साधारय सभामा सहभागि हुन र लाभांश पाउनका लागि याेग्य मानिने छन् ।

कम्पनीकाे २७ औं साधारण सभा चैत २७ गते डाकिएकाे छ । सभा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ ।

साधारण सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुने भएकाे छ । यस्तै सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूकाे तर्फबाट ४ जना सञ्चालक चयन गरिने, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसीबाट स्वतः मनोनित हुने १ जना सञ्चालकको बारेमा जनाउ दिने, बाँकी ३ जना सञ्चालक र सर्वसाधारणबाट २ जना सञ्चालकचयन गरिने भएकाे छ ।

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने, लेखापरीक्षककाे नियुक्ति र स्वतन्त्र सञ्चालकको नियुक्तिकाे प्रस्तावहरु पारित गर्ने लगायतका एजेण्डाहरू रहेका छन् ।