सोमबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले भाउ बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।