माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता संस्थापक शेयर विक्रीमा

-



     सफल आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ चैत । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ । बैंकका संस्थापक गणेश बहादुर क्षेत्रीकाे नाममा रहेको १० लाख ५६ हजार ९ सय १७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएकाे हाे ।

विक्रीमा राखिएकाे उक्त शेयर बैंकका विद्यमान संस्थापकले खरिद नगरेपछि सर्वसाधरणको लगि खुल्ला गरिएको हो । यसका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्ने बैकले जनाएकाे छ । शेयरको दररेट भने बैकले खुलाएकाे छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा सेयर खरिद संख्याकाे व्यहोरा खुलाई आवेदन फारम बुझाउनु पर्ने बैंकले सुचित गरेकाे छ ।