नेप्सेमा १७.०१ अंकको गिरावट, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले घटेर ३६०.७७ विन्दुमा झरेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको नेप्सेले जनाएको छ । कुल ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७० लाख ६१ हजार १२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको सेयर बिक्री भएको छ । कम्पनीको २८ करोड ९० लाख २५ हजार ८५६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।