‘ग्लोबल मनी वीक’मा ग्लोबल आइएमई लघुवित्तले सातै प्रदेशमा गर्याे बित्तीय साक्षरता कार्यक्रम

-



     सफल आवाज    
     चैत्र १३ गते २०८० मा प्रकाशित



पाेखरा, १३ चैत। कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले “ग्लोबल मनी वीक २०२४” काे अवसरमा सातै प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सप्ताहव्यापी बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय संस्थामा गठित विश्व वित्तीय सप्ताह समितिको निर्णयले मार्च १८ देखि २४ सम्म संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध ग्राहकका छोराछोरी, किशोर / किशारी तथा युवा/युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण गराउदै कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय ज्ञान, सीप, मनोवृति र व्यवहारमा परिवर्तन ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउन र आर्थिक समृद्धिमा योगदान गर्न यो कार्यक्रमले टेवा पुर्याएकाे संस्थाकाे दाबी छ ।

विशेषगरी यस कार्यक्रममा बचत, विमा, विप्रेषण, शेयरलगानी, कर्जा, लघुउधम, पारीवारिक बजेट, नोटको जतन, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्नुको फाइदा लगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

हाल वित्तीय संस्थाले आफ्ना १ सय २० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ५० हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।