मंगलबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।