हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

- शेयरकाे न्युनतम मूल्य प्रतिकित्ता १ सय ७५ रूपैयाँ

-



     सफल आवाज    
     चैत्र १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्सले केही संस्थापक शेयर विक्रीमा ल्याएकाे छ । कंपनीले ६४ हजार ५ सय ९ कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएकाे हाे । विद्यमान शेयरधनीले उक्त शेयर खरिद नगरेपछि सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको कंपनीकाे भनाइ छ ।

इन्स्योरेन्सका अनुसार इच्छुक लगानीकर्ताले आजदेखि चैत २० गतेसम्म खरिदकाे लागि आवेदन दिन सक्नेछन् । विक्रीमा राखिएकाे शेयरको मूल्य प्रतिकित्ता १ सय ७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

आवेदन दिँदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताकाे खरिदकाे माग गर्न सकिने व्यवस्था गरिएकाे हिमालयन लाइफ इन्स्योरेन्सकाे सुचनामा उल्लेख गरिएकाे छ ।