यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ९८ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ २२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची