डिप्रोक्स लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित



काठमाडाैं, १४ चैत । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि बिहिबार चैत १५ गते बुकक्लोज गर्ने जनाएकाे छ ।

साधारण सभा र लाभांश पाउनका लागि सेयरधनीहरूले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै लभांश पाउने र साधारण सभामा सहभागि हुन पाउनेछन्।

डिप्रोक्स लघुवित्तकाे बाईसौँ साधारण सभा चैत २५ गते चितवनकाे पार्क सफारी रिसोर्ट, सौराहामा डाकिएकाे छ। सभा बिहान १० बजे बाेलाइएकाे हाे ।

सभाबाट हाल कायम रहेकाे चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशसहित १०.५२६३ प्रतिशत लभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ । यस्तै सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासंग गाभ्ने, गाभिनका लागि काम गर्ने अख्तियारी संचालक समितिलाइ दिनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक दिने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ ।