बुधबार सुनको भाउ बढ्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेको छ । चाँदीको भाउमा भने रुपैयाँ १५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।