नेप्सेमा १०.८३ अंकको गिरावट, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा नकारात्मक दृश्य देखिएको छ । एउटा बाहेक सबै सूचकांकहरुमा रातो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१७ अंकले घटेर ३५९.४६ विन्दुमा रहेको छ ।

यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी सबै १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ६० लाख ४७ हजार २१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २३ करोड, ५४ लाख, ८५ हजार ५३४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आभारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.६६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।