सुन तोलाको १ लाख २७ हजार ९ सय पुग्यो, चाँदी पनि बढ्याे

-



     सफल आवाज    
     चैत्र १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनज तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ५ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाकोे १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।