साताैं दिनमा पनि सर्वोत्तमकाे सेयर सर्किट लेबलमा काराेबार

-



     सफल आवाज    
     चैत्र १५ गते २०८० मा प्रकाशित



काठमाडाैं, १५ चैत । सर्वोत्तम सिमेन्टकाे सेयर काराेबारमा लगातार सर्किट लाग्ने क्रम राेकिएकाे छैन । कम्पनीले बुक बिल्डिङबाट सेयर गरेकाे थियाे । आज साताैं दिनमा पनि सेयर सर्किट लेबलमा काराेबार भएकाे छ ।

दोस्रो बजारमा कारोबारमा शुरू भएपछि लगानीकर्ताहरू बढी सक्रिय भएकाे देखिएका छन् । शुरूकाे दिनमा नेटवर्थको तीन गुणा रूपैयाँ ५ सय ५६ मा कारोबार शुरु भएको थियो ।

सर्वाेत्तमकाे सेयरकाे सातौ दिनकाे आजकाे कारोबारसम्म आउदा सर्किट लेबलमै कारोबार भएकाे छ भने जाे प्रतिसेयर एक हजार ८३ रुपैयाँमा किनबेच भइरहेकाे छ ।

आज १५ मिनेटको कारोबारकाे दाैरानमा ४१ हजार ६५५ कित्ताकाे ४ करोड ५१ लाख रुपैयाँ बढीमा किनबेच भएको नेप्सेले जनाएकाे छ ।