नेसनल लघुवित्तकाे साधारण आज, १५ प्रतिशत लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । नेसनल लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज धुलिखेलमा बाेलाइएकाे छ । साधारण सभा, काभ्रेेकाे धुलिखेल लज रिसोर्टमा बिहान १०ः३० बजे डाकिएकाे छ ।

सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । 

यस्तै सभाले ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक निष्कासनकाे प्रस्ताव पारित गर्नेछ । यस्तै चुक्ता पुँजीकाे वृद्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

संस्थापक समूहबाट ४ जना र सर्वसाधारणबाट २ जना सञ्चालकहरु चयन गरिने भएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहलगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिनेछ ।

सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने तथा अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारिते गर्नेछ ।

संस्थाले साधारण सभाकाे प्रयोजनका लागि गएकाे फागुन ३० गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले फागुन २९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।