सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ३० हजार पुग्यो

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । साताको सुनचाँदीको काराबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २ हजार १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार १ सयले बढेर तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजार १ सय रुपैयाँ बढेर तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो ।