हरित अर्थतन्त्रका लागि बागवानी प्रदर्शनी सुरु, रु एक करोडको कारोबार हुने

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । नर्सरी व्यवसायी सङ्घले आजदेखि बागवानी प्रदर्शनी सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने र करिब रु एक करोडको कारोबार हुने लक्ष्य राखिएको व्यवसायीको भनाइ छ ।

आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी नर्सरी व्यवसायबाट थप मनोबल सिर्जना गर्न बागवानी प्रदर्शनी आयोजना गरिएको सङ्घको भनाइ छ । आज बिहान ९ बजे वन तथा वातावरणमन्त्री नवलकिशोर शाही सुडीले प्रदर्शनी उद्घाटन गरे।

“मेलामा सम्भव भएसम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीवितरणका लागि राखिनेछ”, राष्ट्रिय बागवानी प्रदर्शनीका संयोजक रामजी कुँवरले भने, “मलखाद्य, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, औजार उपकरण तथा प्रविधिकोसमेत स्टल रहनेछ ।”

उहाँले मेलामा ७४ वटा व्यावसायिक स्टल, चार वटा फुड स्टल, सात वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको पाँच वटा स्टल गरी जम्मा ९० वटा स्टल रहने जानकारी दिए। नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अनुसन्धता सम्पूर्णका लागि यस मेला बृहत् साझा मन्च हुने उनको भनाइ छ ।

कम्तीमा ५० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने र रु एक करोडभन्दा माथीको आर्थिक कारोबार हुने अपेक्षा रहेको संयोजक कुँवरको भनाइ छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति पचास रुपैयाँ शुल्क लाग्नेछ ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० को प्रवद्र्धक संस्था पुष्प विकास केन्द्र, वनस्पति विभाग, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन् ।

विशेष सहयोगी संस्था नेपाल टेलिकम, कुमारी फ्लोरा फार्म र सुजना एग्रीकल्बर प्रालि छन् । अध्यक्ष कुँवरका अनुसार प्रदर्शनीस्थलमा एकैछानामुनि विभिन्न प्रकारका बागवानी छानीछानी उपभोक्ताले लिन पाइनेछ