समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १९ गते बुक क्लोज गर्ने जनाएकाे छ । आजसम्म सेयरधनीहरूले संस्थाले विवतरण गर्ने लाभांश पाउनका लागि नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस दिने भएकाे छ । साथै त्यसकाे कर प्रयाेजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

लाभांश पारित गर्नका लागि संस्थाकाे साधारण सभा चैत्र २९ डाकिएकाे छ । साे सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपामा पूर्बान्ह साढे ११ः३० बजे बाेलाइएकाे छ ।