लगानी सम्मेलनबारे अर्थमन्त्रीले गरे भर्चुअल बैठक

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ चैत । बैशाखमा नेपालमा सम्मेलनकाे तयारी गरीरहँदा अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग अनलाइन बैठक गरेका छन् । सम्मेलन आगामी वैशाख १६ र १७ गते गरिने भएकाे छ ।

शुक्रबार राति परराष्ट्र मन्त्रालय भएकाे बैकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलका लगायतका व्यक्तिहरूकाे सहभािगता थियाे ।

कार्क्रममा अर्थमन्त्री पुनले राजदूत तथा विदेशी नियोगका अधिकारीहरूहरुलाई सम्मेलन हुनु अघिकाे एक महिना लगानी सम्मेलनका लागि ध्यान दिन र तयारीका काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन पनि दिए ।

याे हाम्रा लागि राष्ट्रको प्रतिष्ठा र विकासका लागि गौरबको विषय भएकाे बताए । मन्त्री पुनले अन्य कामहरू थाँति राखेर भएपनि सम्मेलनमै केन्द्ररित हुनुस् । उनले सम्मेलनका लागि पठाइएका निमन्त्रणा र यहाँ विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, वक्ताहरूकाे सूची बनाउन अनुराेध गरे ।