आईतबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । स्थिर रहेको यो भाउ हालसम्मकै उच्च भाउ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउ कायम गरिएको जनाएको हाे।

छापावाल सुनको भाउ आज स्थिर रहेर तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३० हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थयो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार ५ सय २५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार पनि सेतो भातु चाँदी तोलाको १ हजार ५ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।