प्रि ओपन सेसन : नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ चैत । साताको सेयर काराेबार हुने पहिलो दिन आइज आइतबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक देखिएकाे छ । यस अविधमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । अर्थात नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट भएकाे हाे ।

सेयर बजारमा अघिल्लो कारोबार भएकाे दिन बिहीबार नेप्से परिसूचक ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा उक्लिएकाे थियाे । यसिदनकाे प्रि ओपन सेसनमा नेप्से ०.९३ अंकले घटेर २०३४.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेर घटेर ३५८‍.९६ विन्दुमा रहेकाे छ।

आजकाे प्रि ओपन सेसनमा ३१ कम्पनीहरुकाे सेयर काराेबार भएकाे ५ । उनीहरुकाे १ करोड ७ लाख ३ हजार ५४९ रुपैयाँ ६० पैसा बराबरको ११ हजार ३५७ कित्ता खरिदबिक्री भएकाे छ ।

उनीहरुमध्ये ७ वटा कम्पनीकाे सेयमूल्य बढेको छ । १९ वटा कम्पनीहरुकाे सेयरमूल्य घटेको छ। बाँकी रहेका ५ वटाका्स्ट भने मूल्य स्थिर रहेको छ।