नेप्सेमा १७.३० अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको छ । नेप्सेमा ०.८५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३६५.५८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये नीर्जिवन बीमा बाहेक बाँकी १२ वटामा रातो लागेको छ । यसदिन ३१६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमूय घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।