पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि, अन्यकाे यथावत

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ चैत । आजदेखि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ पुगेको छ ।

नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार आदेखि नयाँ मूल्य लागू भएकाे छ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको जनाएकाे छ ।

निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो वर्गअन्तर्गत चार आली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर १ सय ७४ मूल्य कायम गरिएको छ ।