१६ बुँदे घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ चैत । महिला नेतृत्व कृषि सम्मेलन–२०२४ १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ अन्तर्गत रहेकाे महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) ले चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेकाे सम्मेलनले साे घोषणापत्र जारी गरेकाे हाे ।

२ दिनसम्म सञ्चालन भएको सम्मेलनबाट जारी घाेषणा पत्रले कृषि क्षेत्रमा नीतिगत सुधारका लागि उल्यख्य भूमिका निर्वाह गर्ने अपेक्षा गरिएकाे छ ।

फोरम सभापति छायाँ शर्माले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकायहरूमा उक्त घोषणापत्र पेश गर्ने र नीतिगत सुधारका लागि छलफलमा जाने बताइन् ।

घोषणापत्रमा कृषिकाे विकासका लागि महिला किसानको भूमिका महत्वपूर्ण रहेकाे छ । घाेषणा पत्रमा लेखिएकाे छ, महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी गरिनुपर्छ ।

महिलामैत्री कृषि यान्त्रिकीकरणमा जाेड दिइनुपर्ने, सरकारी निकायहरुको विकेन्द्रीकरण र कृषि सेवाकाे बिस्तारमा जाेड दिइकाे छ । यस्तै घाेषणा पत्रमा संघ, प्रदेश र स्थानिय तहकाे सरकारबी समन्वयकाे खाँचाे भएकाे उल्लेख छ ।

कृषकका लागि कृषि बिमा तथा प्रभावकारि रूपमा सहुलियत ऋणकाे व्यवस्था, लगानीमा बृद्धि गर्नुपर्ने फोरमले जनाएकाे छ । साथै घाेषणा पत्रमा सरकारको कृषि लगानी नीति एकद्वार प्रणालीकाे हुनुपर्ने लगायतका बुँदाहरू घोषणापत्रमा रहेका छन्।