समता घरेलु लघुवित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएकाे हो।

लघुवित्तको ५.४२२२ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । सेयरमूल्य समायोजन गरिएपछि संस्थाकाे सेयरमूल्य ६६४ रुपैयाँ कायम गरिएकाे छ।

नेप्सेक अनुसार संस्थाकाे अघिल्लो कारोबार भएकाे दिन आइतबारकाे अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरेर नयाँ ताेकिएकाे हाे । आइतबार दोस्रो बजारमा प्रतिकित्ता रूपैयाँ ७ सयमा अन्तिम कारोबार भएको थियो।

समता घरेलु लघुवित्तकाे दशौं साधारण सभा चैत २९ गते काभ्रेकाे नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७ मा पूर्वान्ह ११ बजे डाकिएकाे छ।

लघुवित्तकाे साधारण सभाबाट ५.४२२२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ। साथै मनकामना स्मार्ट लघुवित्तलाई प्राप्तिका लागि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ ।

यस्तै सभाले एफपीओ निष्काशन गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमा छलफल गरी पारित गर्ने भएकाे छ ।