प्रि ओपन सेसन : नेप्सेमा १.१६ अंककाे गिरावट

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ चैत । साताको सेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचकमा गिरावट भयाे । अर्थात नेप्सेमा १.१६ अंककाे गिरावट भएकाे हाे ।

नेप्से परिसूचक आइतबार १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको थियाे । नेप्से आजकाे सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।

आजकाे प्रि ओपन सेसनमा ४० वटा कम्पनीकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसा बराबरको ४ हजार ७२४ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ।

उनीहरूमध्ये १६ वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । २० वटा कम्पनीहरूकाे सेयरमूल्य घटेको छ। बाँकी ४ वटाकाे सेयरमूल्य स्थिर रहेको छ।