नेप्सेमा ६.२६ अंकको गिरावट, २ अर्ब ८७ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा झरेको छ ।

नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९१ अंकले घटेर ३५५.६६ विन्दुमा रहेको छ । यसदिन दुईवटा उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी ११ वटामा रातो लागेको छ ।

यसदिन कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७२ लाख ९० हजार २ सय कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सर्वोत्तम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६३२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको हाे।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले घटेको छ ।