सिंगटी हाईड्रो इर्नजीको सेयरमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० चैत । सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैत १२ गतेदेखि सर्वसाधारणतर्फको ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे थियाे।

रूपैयाँ १ सय अंकित मूल्य रहेकाे साे सेयरका लागि बोलपत्र पेश गर्दा उक्त मूल्यभन्दा बढी मूल्य राखेर बाेलपत्र दिनुपर्नेछ । लगानीकर्ताले घटीमा १०० कित्ता माग गर्न सक्नेछन् । बढीमा माग गर्नका लागि कुनै सिमा ताेकिएकाे छैन ।

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।