मंगलबार सुनको भाउ रु ४ सयले घट्यो, चाँदीको बढ्यो

-



     सफल आवाज    
     चैत्र २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ अहिलेसम्म्कै उच्च थियाे ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।