प्रि ओपन सेसन : नेप्सेमा २.४७ अंककाे बृद्धि

-



     सफल आवाज    
     चैत्र २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० चैत । साताकाे सेयर काराेबार हुने तेश्राे दिन आज मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा गएकाे देखिएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४७ अंकले बढेकाे छ ।

नेप्सेका अनुसार अघिल्लो कारोबार भएकाे दिन सोमबार नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा झरेको थियाे । आज प्रि ओपन सेसनमा नेप्से २.४७ अंक बढेर २०१४.५४ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले बढेको छ।

आज काे प्रि ओपन सेसनमा ३६ वटा कम्पनीहरूकाे १५ लाख ६४ हजार ९३८ रुपैयाँ बराबरको सेयर काराेबार भएकाे छ । साे अनुसार २ हजार ३६० कित्ता सेयरकाे कारोबार भएको हाे ।

१७ वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । १७ वटा कम्पनीहरूकाे सेयरमूल्य घटेकाे छ। बाँकी रहेका २ वटा कम्पनीकाे सेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएकाे छ।