नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब २९ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नयाँ सरकार गठनसंगै अर्थ बजारमा सकारात्मक माहाेल देखिएकाे थियाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री वर्षमान पुनले सकारात्मक पहल भइरहेकाे बताए पनि पछिल्ला दिनहरुमा बजार सकारात्मक बन्न सकिरहेकाे छैन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बढेर ३५६.२० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा रातो लागेको छ । बाँकी ६ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९०१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै ज्योती विकास बैंक बोण्ड २०८७ को सेयरमूल्य घटेको छ । सो बोण्डको सेयरमूल्य ७.५० प्रतिशतले घटेको छ ।