लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले साधारण सभा बाेलायाे

-



     सफल आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ साधारण सभा डाकेकाे छ । कम्पनीकाे चैत २० गते बसेकाे सञ्चालक समितिको बैठकले बैशाख १२ गते सभा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

साधारण सभा भैरहवास्थित होटल भिलासामा बिहान १० बजे डाकिएकाे छ। उक्त साधारण सभाबाट १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुने रूपैयाँ ६९ करोड ७५ लाख नगद लाभांश अनुमाेदन हुनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैतकाे ३० गते बुकक्लोज हुने जनाएकाे छ । तसर्थ सेयरधनीहरूले चैत २९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले साधारणा सभामा भाग लिन पाउने र लााभंश प्राप्तिका लागि याेग्य मानिनेछन् ।

सभाबाट संस्थापक सेयरधनीबाट ५ जना सन्चालक चयन गरिने भएकाे छ । यस्तै सर्वसाधारणबाट १ जना तथा स्वतन्त्र १ जनासहित ७ जना सञ्चालक चयन गरिने भएकाे छ ।

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।