सुनको नयाँ रेकर्ड: तोलाको १ लाख ३३ हजार पुग्यो

-



     सफल आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ चैत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । आज पनि भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ एकैदिन रुपैयाँ १८ सयले बढेको छ । चाँदीको भाउ रुपैयाँ ६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ६५ ले बढेर तोलाको १ हजार ६ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।