नेप्सेमा सामान्य अंकको गिरावट, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा झरेको छ । नेप्सेमा ०.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले घटेर ३५५.७७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३२२ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २५ करोेड ८० लाख ५९ हजार ११६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.४० प्रतिशतले घटेको छ ।