सूर्योज्योती लाइफ इन्स्योरेन्सकाे ३५ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     चैत्र २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ चैत । सूर्योज्योती लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुका लागि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ / २०८० का लागि ३५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

संचालक समितिको हिजाे बसेको बैठकले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ५४ करोड ७२ हजार १ सय रुपैयाँ रहेकोमा यस्को १०.२६ प्रतिशतले ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ ।

यस्तै २४.७४ प्रतिशत नगद लाभांशसहित ३५ प्रतिशत वितरण गरिने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबकाट अनुमति पाएपछि र साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण गरिनेछ । इन्स्योरेन्सको साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि बुक क्लोजको मिति भने तोकिएको छैन ।