सर्वोच्चद्वारा एनआरएनएको दुवै कार्यसमिति अमान्य ठहर

- ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै नेतृत्वकाे कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले आज केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।