युनाइटेड मोदी हाइड्रोपावरले याे पटक लाभांश नदिने

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ चैत । युनाइटेड मोदी हाइड्रोपावरले चैत २९ गते साधारण सभा बाेलाएकाे छ । सभामा लाभांशकाे प्रस्ताव भने पेस नगरिने भएकाे छ । सभा काठमाडाैं कालिमाटीस्थित कालिमाटी ब्यांकेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

साधारण सभामा लाभांशकाे प्रस्ताव नभए पनि शतप्रतिशत हकप्रद सेयर खुलाउने प्रस्ताव लगायतका एजेण्डाहरू रहेका छन् । सभामा आर्थिक वर्ष २०७९–८० को हिसाब, नाफा घाटा, वित्तीय अवश्था लगायतका बुँदाहरूमा छलफल गरी पारित गरिने भएकाे छ । 

यस्तै साधारण साभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयमा छलफल गरि पारित गरिनेछ ।

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि चैत ७ गते बुक क्लोज गरेको थियाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले चैत ६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीकाे चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ हुनेछ ।