
काठमाडाैं, २२ चैत । नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे अध्यक्षका आकांक्षीहरूकाे सर्टलिष्टमा परेका ५ जनाकाे नाम आज सार्वजनिक हुने भएकाे छ । आवेदन दिएका १९ जनामध्ये सर्टलिष्टमा परेका ५ जनाकाे मात्र नाम सार्वजनिक गर्न लागिएकाे हाे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वकाे छनोट समितिकाे बैठक बसेर १९ जनाबाट पाँच जनाको नाम सर्टलिष्टमा निकाल्ने तयारी गरेकाे छ । बोर्डले रिक्त रहेको अध्यक्ष पदका लगि गएकाे फागुन १६ गते दरखास्त मागेकाे थियाे ।
बोर्डकाे नयाँ अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापाँगाई, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, कृष्ण पोखरेलले आवेदन दिएका छन् । नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, प्रविण पन्दाक, रघु काफ्ले, डा. केशब प्रसाद श्रेष्ठकाे आवेदन परेको थियाे ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, सेबाेनका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारीकाे आवेदन परेकाे थियाे ।
यी उम्मेदवारहरुबाट सर्टलिस्टिमा परेकाहरुकाे अन्तवार्ता र प्रस्तुतीकाे मूल्याकनपछि ३ जनाको नाम बोर्डकेा नयाँ अध्यक्ष नियुक्ति गर्न मन्त्रिपषिदमा सिफारिस गरिने जनाइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




