दिनदिनै सुनको भाउ बढ्दै, तोलाको १ लाख ३४ हजार पुग्यो

-



     सफल आवाज    
     चैत्र २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ चैत । दिनदिनै सुनचाँदीको भाउ उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यो भाउ अहिलेसम्मकै उच्च भाउ हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ४० ले भाउ बढेको जानकारी दिएकाे छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रूपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबकार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय १० रुपैयाँमा कारोबार भएको थियो ।