अमेरिकी डलर र यूरोको भाउ बढ्दै, अन्यको कति ?

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत अन्यको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २१ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ८१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ४० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ६४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची