हकप्रद सेयरकाे प्रस्ताव गर्दै सानिमा जीआइसी इन्स्याेरेन्सले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ चैत । सानिमा जीआइसी इन्स्याेरेन्सको साधारण सभा चैत २९ गते डाकिएकाे छ । यसपटक इन्स्याेरेन्सको लाभांश वितरणकाे प्रस्ताव भने छैन । तर उक्त सभाबाट ५० करोड बराबरको हकप्रद सेयर खुलाउने प्रस्ताव अनुमाेदन हुने बताइएकाे छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे हाे ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेकाे छ । सभामा २५ प्रतिशत हकप्रद सेयर खुलाउने प्रस्ताव लगिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिनेछ ।

सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरेकाे थियाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले चैत १४ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ ।